images

२०८३ आश्विन १९ गते

images
images
images

क्यानको नेतृत्वमा प्रेमलाल श्रेष्ठ

क्यानको नेतृत्वमा प्रेमलाल श्रेष्ठ

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौंः नेपाल व्यावसायिक कलाकार संघ (क्यान) को चौथौं राष्ट्रिय महाधिवेशनले प्रेमलाल श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। ललितपुरमा शनिबार सम्पन्न महाधिवेशनले सह अध्यक्षमा तिलक प्रसाद पुनलाई चयन गरेको छ।

    images
    images

    त्यसैगरी उपाध्यक्षहरुमा कमलराज श्रेष्ठ, एच.बि. रम्तेल, बाबुराम बस्ताकोटी, बाबुराजा द्यःला, रुद्रराज सिंह, सुरेश कुमार पाल्पाली र विष्णु प्रसाद सिग्देल निर्वाचित भएका छन् । महासचिवमा भोलानाथ पौडेल, उपमहासचिवमा दिपेन्दूमान बनेपाली, सचिवमा विजय कुमार कार्की दली र दिपक कुँवर निर्वाचित भएका छन्  भने कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सहकोषाध्यक्षमा देवी प्रसाद तिम्सिना निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा सुष्मा श्रेष्ठ, मानकाजी श्रेष्ठ, राधेश्याम मुल्मीलगायत निर्वाचित भएका छन् । २१ जना सदस्य भने पछि मनोनित गरिने बताइएको छ ।

    यसअघि महाधिवेशनको उद्घाटन गर्दै वागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले वागमति प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नुपर्ने कलाकारहरुको मागलाई सम्बोधन गर्न आवश्यक ऐन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images

    कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलैकलाको संग्रहालयको रुपमा रहेको बागमति प्रदेशमा एउटा प्रज्ञा प्रतिष्ठानको गठन हुनुपर्ने माग राखेका थिए  ।

    उनले यो प्रदेशमा स्रोत र साधनको कमी नभएको तर उपयोग हुन नसकेको भन्दै संस्थागत पहलमा प्रतिष्ठान गठन गरी उक्त स्रोतहरुको परिचालन गर्नुपर्नेमा जोड दिएका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend