images

२०८३ आश्विन १६ गते

images
images
images
  • अर्थतन्त्र
  • राष्ट्र बैङ्कको तथ्यांकअनुसार एक महिनामा भित्रियो...

राष्ट्र बैङ्कको तथ्यांकअनुसार एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स

राष्ट्र बैङ्कको तथ्यांकअनुसार एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौँ । एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चैत महिनामा सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो ।

    images
    images

    फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । 

    वृद्धिदर भने अघिल्लो वर्षको भन्दा कम हो, गत वर्ष रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।  यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ । 

    images
    images

    यो अवधिमा खुद ट्रान्सफर १३ खर्ब ०१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend