images

२०८३ आश्विन १९ गते

images
images
images

‘दारी बा’ले क्रिश्चियन म्युजिक भिडिओमा अभिनय गरेको आलोचना भएपछि मागे माफी

‘दारी बा’ले क्रिश्चियन म्युजिक भिडिओमा अभिनय गरेको आलोचना भएपछि मागे माफी

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौँ । इसाई धर्मसँग सम्बन्धित भिडिओमा अभिनय गरेपछि सामाजिक सञ्जालमा आलोचित बनेका कलाकार सुरवीर पण्डित (दारी बा) ले सार्वजनिक रूपमा माफी मागेका छन् । शनिबार चर्चित टेलीश्रृङ्खलाले ‘मेरी बास्सै’ को आधिकारिक सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् ।भिडिओ सन्देशमा पण्डितले केही दिनअघि दुई ओटा इसाई गीतमा आफूले अभिनय गरेको स्वीकारेका छन् । कलाकारिताको धर्म निर्वाह गर्ने क्रममा र अग्रजको ‘जे अगाडि आउँछ, त्यसलाई प्रसाद सम्झेर अगाडि बढ्नुपर्छ’ भन्ने भनाइलाई शिरोधार्य गर्दै उक्त भूमिका स्वीकारेको उनले स्पष्ट पारे ।

    images
    images

    आफ्नो अभिनयले दर्शकको मन दुखेकोमा आफू मर्माहत भएको बताउँदै पण्डितले भने, “हाम्रो उद्देश्य कसैको मन दुखाउनु पटक्कै थिएन, सिर्फ कलाकारिता गर्ने मात्रै थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु ।”आगामी दिनमा धर्म, संस्कार, संस्कृति र राष्ट्रले गर्व गर्ने किसिमका काम गर्ने प्रतिबद्धता जनाउँदै उनले दर्शकबाट निरन्तर आशीर्वादको अपेक्षा गरे । पण्डितले भिडिओमा आफ्ना सहकर्मी कलाकार रामचन्द्र अधिकारी (काजी साब) को तर्फबाट समेत क्षमायाचना गर्दै भने, “यो एउटा बुबाआमा, काका, एउटा अज्ञानी सम्झेर हामीलाई क्षमा गरिदिनुहोला । अब हामी यस्तो गर्दैनौँ ।”

    पण्डित र अधिकारीले अभिनय गरेका इसाई धर्मसम्बन्धी गीतको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले हिन्दु धर्म-संस्कृतिमाथि प्रहार भएको भन्दै चर्को आलोचना गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend