images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से ११.५३ अंकले घट्यो, १० अर्ब...

नेप्से ११.५३ अंकले घट्यो, १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार

नेप्से ११.५३ अंकले घट्यो, १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५३ अंकले घटेर २६५०.११ विन्दुमा रोकिएको छ ।कारोबारको सुरुवाती चरणमा बढेर २६९२.५० विन्दुसम्म पुगेपनि त्यसबाट भने लगातार घटेर नेप्से २६५० विन्दुमा सीमित भएको हो ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा रोकिएको थियो । बुधबार भने नेप्से ६२.२५ अंकले बढेर २६७३ विन्दु कायम भएको थियो ।आइतबार नेप्सेमा कुल १० अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गएको बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आइतबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ ।आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ओम मेगाश्री कम्पनीको ९.९८ प्रतिशतले बढेको छ ।

    images
    images

    आइतबार विकास बैंकको सेयर मूल्य १.२७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह ६.५० प्रतिशतले उकालो लागेको छ ।फाइनान्स समूहमा ३.२७ प्रतिशत, बैंकिङ समूहमा ०.५१ प्रतिशत, जलविद्युत् समूहमा १.२६ प्रतिशत र लगानी समूहमा १.५५ प्रतिशतको गिरावट आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend