images

२०८३ आश्विन २० गते

images
images
images

९ महिनामा नागरिक लगानी कोषले कमायो ८९ करोड नाफा

९ महिनामा नागरिक लगानी कोषले कमायो ८९ करोड नाफा

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    images
    images

    कोषले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा नाफा १.८८ प्रतिशतले बढेको हो। तर नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी (ईपीएस) घटेको देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा २२ रुपैयाँ १४ पैसा रहेको ईपीएस यस वर्ष ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा झरेको हो।

    विवरणअनुसार कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेको छ भने सेवा शुल्क तथा कमिशनबाट आम्दानी १५.०६ प्रतिशतले बढेको छ। कुल आम्दानी ८.२३ प्रतिशतले वृद्धि हुँदा कुल खर्चमा भने उल्लेखनीय ३९.३६ प्रतिशतको वृद्धि भएको छ।

    images
    images

    कोषको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा पुगेको छ भने मूल्य–आम्दानी (P/E) अनुपात १०५.१४ गुणामा उक्लिएको छ। हाल ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कोषको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको विवरणमा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend