images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नागरिक लगानी कोषको नाफा बढेपनि  ईपीएस...

नागरिक लगानी कोषको नाफा बढेपनि  ईपीएस भने घट्यो

नागरिक लगानी कोषको नाफा बढेपनि  ईपीएस भने घट्यो

images
images
आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • काठमाडौंः नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

    images
    images

    चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधि सम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.२३ प्रतिशत र कुल खर्च ३९.३६ प्रतिशत बढेको छ।

    images
    images

    नाफा बढेपनि कम्पनीको ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ।

    ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend