images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • गभर्नर सिफारिस समितिका सदस्यको नियुक्ति गर्नु...

गभर्नर सिफारिस समितिका सदस्यको नियुक्ति गर्नु गैरकानुनी रहेको भनि सर्वोच्चमा रिट

गभर्नर सिफारिस समितिका सदस्यको नियुक्ति गर्नु गैरकानुनी रहेको भनि सर्वोच्चमा रिट

images
images
शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • काठमाडौँः सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य एवं निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ।

    images
    images

    अधिवक्ता नवीन धितालले सरकारले गठन गरेको ३ सदस्यीय सिफारिस समितिमा अधिकारी बस्नै नमिल्ने र उनी सम्मिलित समितिले गरेको सिफारिस गैरकानुनी हुने जिकिर गर्दै रिट दायर गरेका हुन् ।

    सर्वोच्च अदालत प्रशासनले रिट निवेदनलाई समय अभाव देखाउँदै दर्ता भने गर्न नभ्याएको अधिवक्ता धितालले जानकारी दिएका छन्।

    images
    images

    बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको निवेदकको दाबी छ ।

    नेपाल राष्ट्र बैंकको गभर्नरबाट अधिकारीले उमेरहदका कारण गत २४ चैतमा अवकाश पाएका थिए । सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ मा गभर्नर सिफारिस समिति बनाएको थियो । सो समितिमा राखिएका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजिनामा दिएपछि अधिकारीलाई नियुक्त गरिएको हो ।

    यसरी पदमा बहाल रहकै बेला गठन भएको समितिले काम थालिसकेको अवस्थामा अवकास लगत्तै गरिएको नियुक्ति कानुन विपरीत र स्वार्थ बाँझिने खालको भएको निवेदकको जिकिर रहेको छ ।

    निवेदकले यसरी गैरकानुनी रूपमा नियुक्त सदस्य रहेको समितिले गरेको सिफारिस कार्यान्वयन नगर्न, सिफारिस अनुसार सरकारले निर्णय गरेको भए सो निर्णय बदर गर्न र तत्काल अन्तरिम आदेश मार्फत समितिलाई सिफारिस गर्न रोक लगाउन माग गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend