images

२०८३ आश्विन १८ गते

images
images
images

चित्लाङ–थानकोट सडक तीन दिन बन्द रहने

चित्लाङ–थानकोट सडक तीन दिन बन्द रहने

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । मकवानपुर र काठमाडौँ जोड्ने चित्लाङ–थानकोट सडक तीन दिनका लागि बन्द गरिएको छ। सडक डिभिजन काठमाडौँले सडक कालोपत्रेका क्रममा तीन दिनका लागि बन्द गरिएको जनाएको छ।

    images
    images

    थानकोट चित्लाङ सडकको पानीघाट देखि चन्द्रागिरी भन्ज्याङ्ग खण्डमा कालोपत्रे गर्ने क्रममा बिहीबारबाट शनिबार सम्म पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको हो।

    सडक डिभिजन काठमाडौँका डिभिजन प्रमुख इन्जिनियर सन्तराम पाण्डेयले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ लगायतका कार्यालयलाई बिहीबारदेखि शनिबार सम्म उक्त सडक खण्डमा पूर्ण रुपमा सवारी आवागमन बन्द गरिएको हुँदा वैकल्पिक व्यवस्था गरिदिन भनेका छन् ।

    images
    images

    लामो समयदेखि निर्माण सुरु गरिएको उक्त सडक पटक पटक बन्द गर्दै स्तरोन्नतिको काम गरिँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend