images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से १२.६० अंकले घट्यो,११...

नेप्से १२.६० अंकले घट्यो,११ अर्ब ६५ करोड रुपैयाँको कारोबार

नेप्से १२.६० अंकले घट्यो,११ अर्ब ६५ करोड रुपैयाँको कारोबार

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६० अंकले घटेर २६६१.०८ विन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ६२.२५ अंकले बढेर २६७३ विन्दु कायम भएको थियो । बिहीबार सूचक घटेपनि कारोबार भने बढेको छ ।

    images
    images

    आज नेप्सेमा कुल ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल १० अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।बिहीबार कारोबारमा आएकामध्ये ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको छ ।

    आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, छ्यांदी हाइड्रोपावर र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।बिहीबार फाइनान्स समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । फाइनान्स समूहको सेयर मूल्य ४.१६ प्रतिशतले उकालो लागेको छ ।

    images
    images

    बैंकिङ समूहको सेयर मूल्य ०.७८ प्रतिशतले घट्दा विकास बैंक समूहमा१.१२ प्रतिशतको गिरावट आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend