काठमाडौँ । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक योजना’ अन्तर्गत हरिचौर–मल्म–पाण्डवखानी सडकको स्तरोन्नति प्रारम्भ भएको छ । चालु आर्थिक वर्षमा आठ किलोमिटर स्तरोन्नति गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४० करोडको लागतमा स्तरोन्नति थालिएको हो ।
हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको उक्त कार्यालयका इञ्जिनियर सागर भण्डारीले राससलाई बताउनुभयो । आठ किलोमिटर मध्ये चार किलोमिटर कालोपत्रका लागि तयार भएको छ । बाँकी भागमा सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण, टोव पर्खाल लगाउने लगायत काम जारी छ ।
गलकोटकोे हरिचौर देखि सुरु भएको सडक मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीखोला हुँदै प्युठान जोडिन्छ । यो सडक ४० किलोमिटर लामो छ । सडकको सुरु विन्दुबाट काम थालिएको हो ।




.gif)





