images

२०८३ आश्विन २१ गते

images
images
images

कति बजे उठ्ने बिहान ? त्यो समय, जसले बदल्न सक्छ तपाईंको जीवन

कति बजे उठ्ने बिहान ? त्यो समय, जसले बदल्न सक्छ तपाईंको जीवन

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं- हामी दिनको सुरुवात बिहान कति बजेदेखि गर्छौं भन्ने कुरा हाम्रो जीवनशैली, स्वास्थ्य र मानसिक स्थितिमा गहिरो प्रभाव पार्दछ । हुन त सही समयमा उठ्नुले मात्र उत्पादनशीलता ९प्रोडक्टिविटी० बढाउँदैन, यद्यपि यसले मानसिक शान्ति र शारीरिक ऊर्जा भने दिनभर कायम राख्न सहयोग गर्छ । तर धेरैलाई यस बारेमा अन्योल हुन्छ, बिहान उठ्ने उपयुक्त समय कुन हो ? कति बजे हो ? के यो सबैका लागि एउटै हुनुपर्छ कि जीवनशैली अनुसार फरक ?

    images
    images

    आयुर्वेद अनुसार कुन समय सही हो ?

    बाल्यकालदेखि नै आमा बुबाले प्रभात’ अर्थात् ब्रह्म मुहूर्तमा उठ्नुपर्छ भन्ने सिकाउने गर्दथे । आयुर्वेदका अनुसार पनि यही समय उठ्न सबैभन्दा उत्तम मानिन्छ । यो समय भनेको सूर्य उदाउनेभन्दा करिब डेढ घण्टाअघिको समय हो, जुन प्रायः बिहान ४ बजेदेखि ५ः३० बजेसम्मको हुन्छ । यस समयमा वातावरण शान्त र सकारात्मक ऊर्जाले भरिएको हुन्छ । भनिन्छ, यो समयमा दिमागले सबैभन्दा तेज गतिमा काम गर्छ, जसले अध्ययन, ध्यान र योगका लागि यो समय उपयुक्त बनाउँछ ।

    images
    images

    बायोलोजिकल क्लक के भन्छ ?

    मानव शरीरसँग एक प्राकृतिक समय तालिका हुन्छ, जसलाई ‘सर्केडियन रिदम’ भनिन्छ । यो घडीले दिन रात अनुसार शरीरलाई सुत्न, उठ्न, खानपिन तथा अन्य कामका लागि तयार पार्छ । सामान्यतः बिहान ६ बजे अथवा सूर्य उदाउने समयतिर उठ्नु उपयुक्त मानिन्छ, किनभने यस समयमा शरीरमा कोर्टिसोल हर्मोनको स्तर बढ्न थाल्छ, जसले जाग्न र सक्रिय हुन सन्देश दिन्छ। एक अध्ययन अनुसार बिहान ५ देखि ७ बजेबीच उठ्ने मानिसहरू ढिलो उठ्नेको तुलनामा बढी ऊर्जावान र सकारात्मक हुन्छन् ।

    सही समयमा उठ्नुका फाइदाहरू

    बिहान सही समयमा उठ्दा दिनभरि ऊर्जा कायम राख्न मद्दत गर्छ र शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि सुधार हुन्छ । यससँगै दिमाग तेज हुन्छ, एकाग्रता र सोच्ने क्षमतामा सुधार हुन्छ ।बिहानको घामको किरणले शरीरमा भिटामिन डी को कमी पूरा गर्छ । बिहान चाँडै उठ्दा उत्पादकत्व बढ्छ । यदि तपाईंले यो समय शान्तिपूर्वक बिताउनु भयो भने, तपाईंले दिनभरि कम तनाव महसुस गर्नुहुन्छ ।यसकारण, बिहान सही समयमा उठ्ने बानीले तपाईंको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend