images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • कञ्चनपुर–कमला सडक विस्तार आयोजना अन्तर्गत लहानमा...

कञ्चनपुर–कमला सडक विस्तार आयोजना अन्तर्गत लहानमा ओभरपास निर्माण सुरु

कञ्चनपुर–कमला सडक विस्तार आयोजना अन्तर्गत लहानमा ओभरपास निर्माण सुरु

images
images
बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काठमाडौँः सिरहा–पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजना अन्तर्गत लहानमा ओभरपास निर्माण सुरु भएको छ । चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुपले सहिद स्मारक हटाए पछि ओभरपास निर्माण थालेको हो ।
    आयोजनाको पश्चिम खण्ड (सिरहा)को ४७ किलोमिटरमध्ये ६२ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । यस खण्डमा अन्तर्राष्ट्रिय मापदण्डको ३२ मिटर चौडा दुई ओभरपास र पाँच अण्डर पास निर्माण हुनेछन् । मिर्चैयामा पनि ओभरपास निर्माण सुरु भइसकेको छ भने लहानमा अण्डरपास निर्माण धमाधम भइरहेको छ ।

    images
    images

    कुल १५ अर्ब ६६ करोड ४४ लाख ९८३ रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पूर्वी खण्ड (सप्तरी) को ३९ किलोमिटर सडक स्तरोन्नति गर्न ७ अर्ब २७ करोडमा ठेक्का सम्झौता भइसकेको छ । यस खण्डमा करिब ६० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend