images

२०८३ आश्विन १९ गते

images
images
images

शैक्षिक क्षेत्रका व्यक्तित्वको मन छुन सफल फिल्म ‘झिल्को’

शैक्षिक क्षेत्रका व्यक्तित्वको मन छुन सफल फिल्म ‘झिल्को’

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं- वैशाख १९ गतेबाट प्रदर्शनमा आएको फिल्म झिल्को ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित फिल्म ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ ।

    images
    images

    फिल्मको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ । फिल्ममा एक बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने उनीसँगै सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय रहेको छ ।‘झिल्को’ हेरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याबसन) का केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले यो फिल्मले सम्पूर्ण समाजको पीडा बोकेको प्रतिक्रिया दिए । उनी भन्छिन्-‘एउटा परिवारभित्र एक सदस्यको कमी बुझाइ र अर्काको बहकाउमा लाग्दा कस्तो प्रकारको विघटन हुन्छ भन्ने कुरा फिल्मले प्रभावकारी ढङ्गले देखाएको छ ।’ उनले थप भने-‘अभिभावक र शिक्षक गम्भीर बन्न नसकेको अवस्था र त्यसले विद्यार्थीमा पार्ने असर, सीप र संस्कारसँग शिक्षालाई जोड्नु पर्ने आवश्यकता फिल्मले स्पष्ट रूपमा प्रस्तुत गर्छ ।’

    त्यसै गरी, प्याबसनका केन्द्रीय महासचिव आर।बि। कटुवालले फिल्म ‘झिल्को’लाई घर–घरको कथा बताउने फिल्मको रूपमा व्याख्या गरे । ‘बच्चाहरूको पहिलो पाठशाला विद्यालय होइन, घर हो । र, अभिभावक नै उनीहरूको पहिलो गुरु हुन् भन्ने गम्भीर सन्देश फिल्मले दिएको छ,’ उनले भने । हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने फिल्मरहेको बताउँदै उनले अभिभावक, शिक्षक, समाज र स्वयं बच्चाबीचको समन्वय नहुँदासम्म कुनै पनि बालकको समुचित विकास सम्भव नहुने कुरा ‘झिल्को’ले उठाएको बताए ।

    images
    images

    पूर्व मुख्यसचिव भीम उपाध्यायले फिल्मले डिजिटल प्रविधिको प्रभावमाथि गहिरो प्रश्न उठाएको टिप्पणी गरे । ‘प्रविधिलाई दोष मात्र दिँदा समस्या समाधान हुँदैन, यसलाई स्विकार्दै समाधान खोज्नुपर्ने अवस्था आएको छ,’उपाध्यायले बताए । उनको भनाइमा, ‘झिल्को’ ले बहु आयामिक समस्याहरू देखाउँदै त्यसको समाधान पनि बहु आयामिक दृष्टिकोणबाट खोजिनुपर्ने सन्देश दिएको छ ।समग्रमा, ‘झिल्को’ले शैक्षिक क्षेत्र, अभिभावकत्व, र प्रविधिको प्रयोगबिचको जटिल सम्बन्धमाथि गहिरो बहस गराएको छ । यसलाई केवल विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखहरूले समेत हेर्नुपर्ने फिल्मका रूपमा विश्लेषण गरिएको छ ।

    ‘झोला’ निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईद्वारा निर्देशित यस फिल्मलाई मिडिया फर कल्चर प्रा.लि.ले निर्माण गरेको हो । फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो ।फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । फिल्म जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend