images

२०८३ आश्विन १८ गते

images
images
images

धौलागिरी लघुवित्तको आम्दानी र नाफामा वृद्धि

धौलागिरी लघुवित्तको आम्दानी र नाफामा वृद्धि

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा धौलागिरी लघुवित्त वित्तीय संस्थाले उल्लेखनीय आर्थिक सुधार गरेको छ। अघिल्लो वर्ष घाटामा गएको कम्पनीले यो वर्ष नाफा कमाउन सफल भएको हो।चैत मसान्तसम्म कम्पनीले ५२ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ४ करोड ९३ लाख रुपैयाँ घाटामा गएको थियो।

    images
    images

    कम्पनीको सुधारको मुख्य कारण भनेको खुद ब्याज आम्दानीमा देखिएको उल्लेख्य वृद्धि हो। यस वर्ष खुद ब्याज आम्दानी १४७।११ प्रतिशतले वृद्धि भई ९ करोड ७० लाख रुपैयाँ पुगेको छ।

    त्यस्तै, सञ्चालन नाफा पनि सकारात्मक भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ४ करोड ९३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनीले यसपटक ५२ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

    images
    images

    चैत मसान्तसम्म कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ९५ पैसा रहेको छ, जबकि अघिल्लो वर्ष यो ३७ रुपैयाँ ७ पैसा ऋणात्मक थियो। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ २२ पैसा पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend