images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • बिना धितो २५ लाखसम्म कर्जाका लागि...

बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस,यी हुन् सिफारिसमा परेका स्टार्टअप

बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस,यी हुन् सिफारिसमा परेका स्टार्टअप

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्टअपलाई कर्जाका लागि सिफारिस गरेको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका योग्य १ हजार ३ सय १४ वटा परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर प्रस्तुतीकरणमा १ हजार ७३ वटा परियोजनाले मात्रै प्रस्तुतीकरण गरेका थिए । 

    images
    images

    प्रस्तुतीकरण पश्चात मूल्यांकन गरेर प्रतिष्ठानले कर्जाका लागि ६६१ स्टार्टअपलाई सिफारिस गरेको हो । अब यी स्टार्टअपले विना धितो ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने छन् । चालु आर्थिक बर्षमा सरकारले स्टार्टअप उद्यम कर्जाको लागि १ अर्ब रुपैयाँ बिनियोेजन गरेको छ ।

    सिफारिसमा परेका उद्यमीहरूले राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ । बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्तामै कर्जा दिनुपर्ने, १५ लाखसम्मको कर्जामा दुई किस्तामा दिइसक्नुपर्ने र सोभन्दा माथिको हकमा तीन किस्तामा दिइसक्नुपर्नेछ।

    images
    images

    कर्जा प्रवाह गर्ने बैकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्कको नाममा उद्यमीबाट कर्जा रकमको अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend