images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई कर्जा दिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई कर्जा दिने

images
images
अर्थ समाचार
सोमवार, श्रावण २१ २०८१
अर्थ समाचार
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । 

    images
    images

    नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो ।

    समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    images
    images

    सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । 

    बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend