images

२०८३ आश्विन २१ गते

images
images
images

कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा

कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • वालिङ– गल्याङ नगरपालिका–१ उत्तरवाहिनीमा कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान, गल्याङ नगरपालिकाको सहयोग तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सो अस्पताल सञ्चालनमा आएको हो । नगरपालिकाले सञ्चालन कार्यविधि बनाएर अस्पतालको स्वामित्व, दायित्व र यसको निरन्तरताका विषयमा निर्णय लिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।

    images
    images

    ‘अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी रूपमा अगाडि बढाउन लागिपरेका छौँ,’ उनले भने, ‘प्राकृतिक उपचार विधिसँगै उत्तरवाहिनीको धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्य  छ ।’अस्पताल हाल दश शय्यामा सञ्चालन भएको छ । आगामी दिनमा शय्या थपी अस्पतालको सेवा विस्तार गरिने उनले बताए । अस्पताल भर्ना भएकाहरूका लागि आवासीय तथा भोजनको व्यवस्थापन अस्पतालमै मिलाइने भएको छ । अस्पतालमा हाल चार स्वास्थ्यकर्मी कार्यरत छन् । 

    अस्पताल सञ्चालनमा आएसँगै स्याङ्जासहित पाल्पाको पूर्वी भेग, पूर्वी नवलपुर, गुल्मीलगायतका जिल्लाका नागरिकले सेवा लिन सहज हुने बताइएको छ । अस्पताल निर्माण गर्न दुई करोड ७८ लाख रुपैयाँ विनियोजन भएकामा दुई करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend