images

२०८३ आश्विन २१ गते

images
images
images

अधिक खानाबाट बच्न अपनाउनुहोस् यी उपाय

अधिक खानाबाट बच्न अपनाउनुहोस् यी उपाय

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । जङ्क फूड त हाम्रो लागि मनपर्ने खानेकुरा बनिसकेको छ । कैयौँपटक हामीले कामको व्यस्तताका कारण कति खाइरहेका छौँ, त्यो पनि ध्यान राख्न सक्दैनौँ ।धेरै पटक हामीले अधिक खाना खाने (ओभरइटिङ) गर्छौँ । यसले तौल त बढाउँछ नै साथमा कलेजो, पेट, मुटु र मानसिक स्वास्थ्यमा पनि असर पार्छ । आज हामी तपाईंलाई अधिक खाना खानबाट बच्ने केही सुझावहरू बताउनेछौँ, जसलाई पालना गरेर ओभरइटिङबाट बच्न सकिन्छ ।

    images
    images

    खाना खाने समय निर्धारण गर्नुहोस्

    खाना खानको लागि तपाईंले एउटा समय निर्धारण गर्न आवश्यक छ । यसो गर्दा तपाईंको शरीरलाई खाना कहिले खाने भनेर थाहा हुनेछ । त्यसैले आफ्नो शरीरको आवश्यकता अनुसार भोजन तालिका बनाउनुहोस् ।

    images
    images

    बिस्तारै खाने बानी बसाल्नुहोस्

    जब पनि तपाईं केही खानुहुन्छ, बिस्तारै र राम्रोसँग चपाएर मात्र खानुहोस् । यसले तपाईंको पेट भर्नेछ र खाना पनि सजिलै पच्नेछ । यसले तपाईंलाई अधिक खानाबाट पनि बचाउन सक्छ ।

    हिलो पटकमा कम खाना लिनुहोस्

    कैयौँ मानिसहरू एकैपटकमा प्लेटमा धेरै खाना राख्छन् । यसले गर्दा कैयौँ पटक पेट भरिसकेपछि पनि उनीहरूलाई मन नलागी खान बाध्य हुन्छन् । त्यसैले कम खाना लिनुहोस् । आवश्यकता परेमा पछि थप खाना लिने बानी गर्नुहोस् ।

    ध्यान भङ्ग गर्ने कुराहरूबाट बच्नुहोस्

    यदि तपाईं खाना खाँदा टेलिभिजन वा मोबाइल चलाउनुहुन्छ भने निश्चित रूपमा तपाईं बढी खानुहुनेछ । त्यसैले सधैँ शान्त वातावरणमा खानुपर्छ । खाना खाँदा टेलिभिजन वा मोबाइल चलाउन बन्द गर्नुहोस् ।

    खाना खानु अघि पानी पिउनुहोस्

    यदि तपाईंलाई बारम्बार केही न केही खान मन लाग्छ भने यसबाट बच्नको लागि तपाईंले पानी पिउने गर्नुहोस् । जब पनि भोक लाग्छ, एक गिलास पानी पिउनुहोस् । यसका साथै खाना खानु अघि दुई गिलास पानी पिउनुहोस्, यसले तपाईंलाई ओभरइटिङबाट बचाउँछ । र तपाईंको तौल पनि नियन्त्रणमा राख्नेछ ।

    स्वस्थ स्न्याक्स दिने गर्नुहोस्

    यदि तपाईंलाई धेरै भोक लाग्छ भने साथमा स्वस्थ स्न्याक्सहरू राख्नुहोस् । यी खाँदा तपाईंको तौल पनि बढ्ने छैन र तपाईंको भोक पनि मेटिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend