images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्रिय वाणिज्य बैंककाे एक अर्ब बराबरको...

राष्ट्रिय वाणिज्य बैंककाे एक अर्ब बराबरको धितोको सम्पत्ति लिलाम बिक्रीमा

राष्ट्रिय वाणिज्य बैंककाे एक अर्ब बराबरको धितोको सम्पत्ति लिलाम बिक्रीमा

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले धितो रहेको सम्पत्ति लिलाम बिक्रीमा राखेको छ । यस बैंकको कर्जा चुक्ता गर्न आह्वान गरिएको र चुक्ता नगरेमा कर्जा सुरक्षण बापत धितो रहेको सम्पत्ति लिलाम बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरिएको हो ।

    images
    images

    राष्ट्रिय वाणिज्य बैंकको तत्कालीन शाखा कार्यालय रानी (गाभिई हाल शाखा कार्यालय विराटनगर) बाट कर्जा लिने ग्राहकहरूले ३५ दिनभित्र बैंकमा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ । उनीहरूलाई सम्पूर्ण साँवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर समेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन समेत बैंकले आग्रह गरेको छ ।

    उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा यसै सूचना बमोजिम लिलाम बिक्री हुन नसकेका धितो सम्पत्ति बैंकको अनुकूल समयमा बैंक आफैले सकार गरिलिने बैंकले जनाएको छ । ३५ दिनभित्र चुक्ता नभएका कर्जाको लागि बैंकमा धितो सुरक्षण रहेको अचल सम्पत्ति लिलाम बिक्री गरिने भएकोले इच्छुकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ३६औँ दिनदेखि ५० औँ दिनभित्र शाखा कार्यालय विराटनगरमा कार्यालय समयभित्र आइपुग्ने गरी सिलबन्दी बोलपत्र पेश गर्न समेत बैंकले आह्वान गरेको छ ।

    images
    images

    बोलपत्र प्राप्त भएको सम्बन्धित शाखा कार्यालयमा ५१ औँ दिन वा सो दिन बिदा परेमा त्यसको लगतै कार्यालय खुलेको दिनमा दिनको २ः०० बजे खोलिने हुँदा बोलपत्र दाता वा आधिकारिक प्रतिनिधि उपस्थित हुन समेत बैंकले आग्रह गरेको छ । तर, बोलपत्र दाताको अनुपस्थितिले बोलपत्र खोल्न बाधा नपुग्ने समेत बैंकले जनाएको छ ।लिलाम बिक्री गरिने जग्गाहरू मोरङ र सुनसरी जिल्लाका विभिन्न ठाउँमा रहेका छन् । जसको मूल्य एक अर्ब चार करोड ५५ लाख ७६ हजार रुपैयाँ बराबरको रहेको बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend