images

२०८३ आश्विन ३० गते

images
images
images

स्वाभिमान लघुवित्तको साधारणसभा भोलि बस्दै

स्वाभिमान लघुवित्तको साधारणसभा भोलि बस्दै

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं- स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा भोलि शुक्रबार बस्दैछ । बैठक रुपन्देहीस्थित कम्पनीको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि बस्नेछ।

    images
    images

    सभाले मुख्य रूपमा सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने छ।

    यस्तै गत आर्थिक आवको वित्तीय विवरणहरू पारितका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ।त्यस्तै रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गरिसकेको छ। वैशाख १० गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     
    facebook sharing button

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend