images

२०८३ आश्विन २१ गते

images
images
images

हिलोले किन खान्छ खुट्टा, के छ घरेलु उपचार ?

हिलोले किन खान्छ खुट्टा, के छ घरेलु उपचार ?

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • वर्षातको मौसम सुरु भयो । सडकहरू पानीले भरिएका हुन्छन् अनि जताततै हिलो र फोहोर हुन्छ । गाउँतिर यही समयमा हिलो खेतबारीमा धेरै काम गर्नुपर्ने हुन्छ । घर, आँगन तथा करेसाबारीमा पनि हिलो हुन्छ ।जसले गर्दा विभिन्न प्रकारका छालाको संक्रमणले सताउन सक्छ । वर्षायाममा विशेष गरी खुट्टाका औँलाहरूको बीचमा संक्रमण हुन्छ, जसलाई हिलोले खाएको भनिन्छ ।खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो । हातखुट्टा हिलोले खाएमा हात र खुट्टाको काप–कापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औँलाहरू सुन्निने र दुख्ने गर्छ ।

    images
    images

    कारण

    यो समस्या खास गरी फंगल संक्रमण र एलर्जीको कारण हुन्छ । जुन क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको सङ्क्रमणबाट हुन्छ । हातखुट्टा पानी वा हिलोमा नियमित धेरै बेर बसेर काम गर्दा यी कीटाणुको संक्रमण हुने छाला तथा यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

    images
    images

    कसलाई हुन्छ ?

    पानीमा धेरै बेर काम गर्नुपर्ने व्यक्ति, किसान, माछा–मासु व्यवसायीमा हिलोले खाने समस्या धेरै देखिन्छ । साथै रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसलाई यो संक्रमण हुने सम्भावना बढी हुन्छ । मधुमेह र एचआइभी जस्ता रोग प्रतिरोधात्मक क्षमता घटाउने रोगबाट पीडित व्यक्ति पनि हिलोले खाने रोगको उच्च जोखिममा हुने पौडेलले बताए ।

    उपचार

    हिलोले खाएको उपचार औषधिबाट हुन्छ । सबैभन्दा पहिले के कारणले भएको हो भन्ने छाला रोग विशेषज्ञलाई जाँच गराउनु पर्ने पौडेल सुझाउँछन् । उनी भन्छन् ‘फंगल संक्रमण वा एलर्जी कुन कारणले भएको हो त्यही अनुसार उपचार गरिन्छ । तर यदि यसमा अन्य ब्याक्टेरियाको संक्रमण भएर घाउ पाक्ने, सुन्निने भएको छ भने शल्यक्रियासमेत गर्नुपर्ने हुन्छ ।’

    घरेलु उपचार

    हिलो पानीमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औँलाको कापमा भ्यासलिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । यसले छालामा पर्ने असर घटाउने आयुर्वेदिक चिकित्सक डा. विजेन्द्र शाह बताउँछन् । उनी भन्छन् ‘कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ।’हिलोले खाएको ठाउँमा नरिवलको तेल वा तोरीको तेलमा बेसार मिसाएर त्यसको पेस्ट बनाएर लगायो भने समस्या कम हुन्छ । तेलमा ट्यानिक एसिड हुन्छ, जसले ब्याक्टेरिया र कीटाणुहरू हटाउन सहयोग गर्छ, यसले पसिना आउने खुट्टालाई सुक्खा बनाउन मद्दत गर्छ, सङ्क्रमणको वृद्धि र फैलिन रोक्ने डा.शाहले बताए ।

    ‘एन्टिफंगल र एन्टिइन्फ्लेमेटरी गुण भएको नुनले पनि हिलोले खाएको समस्यालाई कम गर्छ । घाउ निको पार्न र खुट्टाको दुर्गन्धबाट जोगाउन पनि यो उपयोगी हुन्छ । मनतातो पानीमा नुन मिसाएर १० मिनेट खुट्टा भिजाउँदा संक्रमण कम हुन्छ,’ उनले भने ।हिलोले खाएको ठाउँमा दही लगाएर पनि संक्रमण फैलिनबाट बच्न सकिन्छ । ताजा दहीमा पाइने राम्रो ब्याक्टेरियाले फङ्गसलाई मार्छ । साथै खुट्टा चिलाउने समस्यालाई पनि कम गर्छ । यस समस्याबाट छुटकारा पाउन ताजा दहीलाई सिधै प्रभावित क्षेत्रमा लगाउन सकिने शाहले बताए ।

    ‘बेकिङ सोडामा प्राकृतिक एन्टिफंगल एजेन्ट हुन्छ, जसले  छाला र नङहरूको सङ्क्रमणलाई कम गर्छ । यसले औँलाको बिचमा चिलाउने समस्याबाट पनि राहत दिन्छ ।’ उनले भने ‘बेकिङ सोडा र पानीको पेस्ट बनाएर संक्रमित छालामा लगाउँदा सङ्क्रमणबाट छुटकारा पाउन सकिन्छ ।’

    धेरै पानीको प्रयोगलाई घटाएर कम गर्नुका साथै हात र खुट्टा सुक्खा राख्न सकिएमा इन्टरट्राइगो (हिलोले खाने) हुन पाउँदैन । अत्याधिक पानीको प्रयोग गर्नुपरे हातमा पन्जा लगाउन उपयुक्त हुन्छ । यसबाट धेरै हदसम्म रोग बल्झिन पाउँदैन । खुट्टामा पानी परिसकेपछि सफा कपडाले खुट्टा सुक्खा बनाउन शाहको सुझाव छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend