images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर आइतबारबाट कारोबारमा...

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर आइतबारबाट कारोबारमा आउने

ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर आइतबारबाट कारोबारमा आउने

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर वैशाख २१ गते आइतबारबाट दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ।ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। साधारण सेयर नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउँछ । तर आज बिहीबार सार्वजनिक विदा र शुक्रबार सेयर बजार नखुल्ने भएकोले आइतबारबाट कारोबारमा आउने भएको हो।

    images
    images

    नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्सको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सेयर संस्थापक समूहको र ३० प्रतिशत अर्थात १८ लाख कित्ता सेयर सर्वसाधारणको रहेको छ।नेप्सेले ओम मेगाश्री फर्मास्युटिकल्सलाई ‘ओएमपीएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीको शेयरलाई प्रतिकित्ता न्यूनतम ९०.१७ रुपैयाँ र अधिकतममा २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। नेप्सेले तोकेको रेन्जभित्र स्पेसल प्रिसेसनमा यो कम्पनीको सेयर किनबेच भएमा नियमित सत्रमा कारोबारमा आउनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend