images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक घटे पनि कारोबार रकम...

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौंः सेयर बजार नेप्से परिसूचक ८.१४ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से २६२३ अंकमा झरेको छ।

    images
    images

    दिनभरको कारोबारमा परिसूचक अधिकतम २६४२ अंकसम्म पुगेको थियो। बजार परिसूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ।

    अघिल्लो दिन ७ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोे छ । आज कारोबार भएका कम्पनीहरूमध्ये १०७ वटाको सेयर मूल्य बढेको छ भने १३६ वटाको घटेको छ ।

    images
    images

    एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ। अधिकांश समूहगत सूचकहरूमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन, निर्जीवन बीमा तथा अन्य समूहका सूचक घटेका छन्। यद्यपि, जलविद्युत, लघुवित्त र व्यापार समूहका सूचक भने सामान्य बढेका छन्।

    आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ। यसैगरी, विन नेपाल लघुवित्तको ८.७७ प्रतिशत, सिनर्जी पावरको ८.३६ प्रतिशत, मातृभूमि लघुवित्तको ७.३१ प्रतिशत, रिडी पावरको ७.२४ प्रतिशत तथा हिमालयन पावर पार्टनरको ७ प्रतिशत ले मूल्य वृद्धि भएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend