images

२०८३ आश्विन १७ गते

images
images
images

पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट

पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट

images
images
सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • काठमाडौँः शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ।

    images
    images

    आइतबार नयाँ बानेश्वरमा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले आन्दोलनकारीलाई लक्षित गर्दै हानेको पानीको फोहोरा पत्रकार कार्कीको आँखामा लागेको छ। त्यसपछि उनलाई उपचारका लागि तिलगंगा आँखा अस्पताल लगिएको छ।

    उपचारमा संलग्न चिकित्सकका अनुसार उनको दुवै आँखामा भित्रैसम्म गम्भीर चोट लागेको छ। चिकित्सकका अनुसार एउटा आँखाको अवस्था भने ‘क्रिटिकल’ छ। उनको आँखाको पर्दा च्यातिएको उल्लेख छ।‍

    images
    images

    अहिले च्यातिएको पर्दा सिलाउने काम भइरहेको र भोलिसम्म आँखाको अवस्थाबारे थाहा हुन सक्ने चिकित्सकले जानकारी दिएका छन्।

    पत्रकार कार्कीको अवस्था बुझ्न पत्रकार महासंघको टोली पनि तिलगंगा आँखा अस्पताल पुगेको छ। त्यस्तै प्रेस चौतारीले घटनाको छानबिनका लागि माग गरेको पनि छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend