images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • पर्वतको कुश्मा चुवाको सुन्दरेखोलामा ‘आर्क ब्रिज’...

पर्वतको कुश्मा चुवाको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वतको कुश्मा चुवाको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौँः पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो । 

    images
    images

    पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिनुभएको छ । उहाँका अनुसार विगत तीन महिनादेखि पुल निर्माण सुरु गरिएको हो । ८० मिटर लामो उक्त पुलको चौडाइ ११ मिटर हुने भएको छ । डबल स्पानको उक्त पुल सामान्य पुलभन्दा लामो भएकाले दुईवटा स्पान बनाएर निर्माण गर्न थालिएको हो । 

    पुल निर्माणका लागि २०७९ भदौमा लुम्बिनी÷प्राकृतिक जेभी काठमाडौँसँग सम्झौता भएको थियो । यो निर्माण कम्पनीसँग पर्वत र बागलुङको गरी एकैपटक पाँच पुल निर्माणका लागि सम्झौता भएको भए पनि हालम्म पर्वत खण्डको तमादीखोलामा मात्र पुल निर्माण सम्पन्न भएको छ । दोस्रो पुल निर्माण सुन्दरेखोलामा सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका इञ्जिनियर मिश्रले जानकारी दिनुभएको छ  । 

    images
    images

    इञ्जिनियर मिश्रका अनुसार ९ करोड ५० लाखको लागतमा निर्माण हुने सो पुलको निर्माणअवधि आगामी भदौसम्म रहेको छ । निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई पर्याप्त मजदुर र उपकरण परिचालन गर्न भनिएको छ । हालसम्म पुलको एकतर्फका पिलरको काम सम्पन्न गरी अर्कातर्फको भागमा काम भइरहेको छ । समग्रमा अहिलेसम्म १० प्रतिशत जति काम भएको छ । उक्त खोलामा पुल निर्माण नहुँदा दुई वर्षअघि बाढीले बगाएर दुई जनाको ज्यान गएको थियो । हिउँदयाममा सहज रूपमा यातायात सञ्चालन हुने भए पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यो सडक हुँदै बागलुङ, म्याग्दी, मुस्ताङका साथै रुकुमका लागि सवारीसाधन आवतजावत गर्दछन् ।

    अत्यधिक सङ्ख्यामा र उच्च भारवहन क्षमताका सवारीसाधन सो राजमार्गमा सञ्चालन हुने भएकाले आर्क प्रविधिको पुल निर्माण गर्न लागिएको हो । यो पुल अन्य मोटरेबलभन्दा बलियो, टिकाउ उच्च भारवहन क्षमताका साथै कम मात्रामा मर्मत गरे हुने खालको रहेको इञ्जिनियर मिश्रको भनाइ छ । पर्वतमा अझै दुई पुल निर्माणको काम बाँकी छन् । मोदी गाउँपालिकाको पातीखोला र मोदीखोलामा दुईवटा पुल निर्माण गरिने भएको उल्लेख छ । 

    कार्यालय प्रमुख शम्भु आचार्यका अनुसार मोदीखोलामा ६२ मिटर र पातीखोलामा हाल भइरहेको पुलको दुवैतर्फ ५२–५२ मिटर लामो दुईवटा पुल निर्माण हुनेछन् । उक्त पुलको डिजाइन स्वीकृतिमा ढिलाइ भएकाले निर्माणले गति लिन नसकेको उहाँले बताउनु भएको छ । उक्त निर्माण कम्पनीले बागलुङको काठेखोलामा पनि मोटरेबल पुल निर्माण गर्न लागेकाले सबै मोटरेबल पुलको लागत रु ४४ करोड १५ लाख रहेको कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–कुश्मा सडकको दुई वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भइसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका सिङ्गल लेनका पुलले सवारीको चाप धान्न गाह्रो भएकाले नयाँ पुल थप गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend