images

२०८३ आश्विन १८ गते

images
images
images

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका एक शिक्षक

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका एक शिक्षक

images
images
अर्थ समाचार
शनिवार, बैशाख १३ २०८२
अर्थ समाचार
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौंः काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।

    images
    images

    शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।

    प्रहरीका अनुसार आपसी मतभेदका कारण १५–२० जना शिक्षकले केशवराज जोशीलाई कुटपिट गरेर घाइते बनाएका हुन् ।

    images
    images

    जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको थियो ।

    घाइते शिक्षक केशवराज जोशी बोल्न सक्ने अवस्थामा छन् । उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend