images

२०८३ आश्विन १८ गते

images
images
images

विद्यालय नआउने शिक्षकलाई गाउँपालिकाको चेतावनी

विद्यालय नआउने शिक्षकलाई गाउँपालिकाको चेतावनी

images
images
शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौँः शिक्षा ऐन जारी गर्न माग सहित शिक्षकहरू २४ दिनदेखि सडक आन्दोलनमा छन् । पठनपाठन ठप्पपारेर राजधानी केन्द्रित आन्दोलनमा होमिएका शिक्षकहरूलाई गुल्मीको कालिगण्डकी गाउँपालिकाले भने विद्यालय फर्केर पठनपाठनमा संलग्न हुन निर्देशन दिएको छ।

    images
    images

    गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले विज्ञप्ति जारी गरी शिक्षक र विद्यालय कर्मचारीलाई वैशाख १४ गतेदेखि अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन्।

    उनले उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीलाई राजीनामा दिन वा सरुवा हुने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।

    images
    images

    शिक्षकहरू शिक्षक महासंघको आह्वानमा आन्दोलनमा होमिएका छन्। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकलाई वार्ताका लागि बोलाएका थिए। तर सिंहदरबार गेटमा पुगेका शिक्षकलाई प्रवेश पास नदिएपछि वार्ता भाँडिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend