काठमाडौंः काठमाडौं क्षेत्र नं ४ का सांसद एवं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको पहलमा काठमाडौंको बुढानीलकण्ठको खरिबोटदेखि चुनिखेल सम्मको सडक कालोपत्रे सुरु भएको छ ।
अर्थ मन्त्रालयबाट सुनिश्चित गरिएको निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत् बुनपा ११ मा पर्ने खरिबोटदेखि पैयुटार जगडोल, शहीदपार्क हुँदै चुनिखेल जाने सडक कालोपत्रे भएको हो ।
यो सडक निर्माणसँगै कपनको ११ नं वडादेखि १३ नं वडामा रहेको चुनिखेल सम्मका बासिन्दालाई यसले सुविधा दिने भएको छ। केन्द्र सरकारलाई पटकपटक ताकेता गरेर यो सडक कालोपत्रे गरिएको थापाको सचिवालयले जानाकारी गरेको छ ।
करिब चार किलोमिटरको उक्त सडक कालोपत्रे गर्नका लागि १२ करोड रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो । गत सोमबारबाट सुरु भएको कालोपत्रेको काम चैत मसान्तसम्म जगडोलसम्म कालोपत्रे भइसक्ने अनुमान गरिएको छ । बहुप्रतिक्षित सो सडकलाई आफूहरूको अनुरोधमा यही हिउँदमा नै कालोपत्रे सुरु गरेको भन्दै थापाको सचिवालयले सरोकारवाला निकाय सम्पुर्णलाई धन्यवाद दिएको छ ।




.gif)





