काठमाडौँः चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागका अनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको हो ।
कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जानाकारी गरेको छ ।
फागुन सम्ममा २० करोड ७ लाख ५३ हजार रुपैयाँको ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१ लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।




.gif)





