images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै...

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • तनहुँ। जिल्लाको व्यास नगरपालिका-१ र २ जोड्ने कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ।आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए।

    images
    images

    पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ। पाण्डेले भने, ‘पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिंको काम भइरहेकाले औपचारिक रूमा गाडी गुड्न मिलेको छैन। मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवतजावत गर्न मिल्छ। कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो।’

    निर्माण कम्पनीले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए। उनले भने, ‘इमान्दार भएर काम गर्ने हो भने सम्झौता अवधिभन्दा अघि पनि काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह भएको छ । यसबाट अन्य निर्माण व्यवसायीले पनि केही सिक्न आवश्यक छ।’समयअगावै गुणस्तरीय निर्माण कार्यसम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको सोअनुसार पुल निर्माण कम्पनीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ।

    images
    images

    पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत छ करोड ११ लाख ३२४ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। पुल बनेपछि आवागमन सहज हुनाका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए।नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारीसाधन र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend