images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुहोस्...

पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुहोस् नतिजा

पियोर इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न,यसरी हेर्नुहोस् नतिजा

images
images
बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • काठमाडौं ।  धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमा पियोर इनर्जीको आईपीओ बाँडफाँड गरिएको छ। आज बिहीबार बिहान ९ बजे आईपीओ बाँडफाँड कार्यक्रम राखिएको थियो।कम्पनीले सर्वसाधारणका लागि गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

    images
    images

    कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयर खरिदका लागि आवेदन परेको यो आईपीओमा १८ लाख ४६ हजार ६६४ आवेदकबाट माग भएको २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयर सदर भएको थियो । जसमा ६ हजार ४२६ आवेदकबाट परेको १ लाख ४ हजार ४०० कित्ता सेयर बदर भएको थियो।मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदनमध्ये १७ लाख २७ हजार १४४ आवेदकबाट हात खाली भएको छ।

    पियोर इनर्जीको आइपीओ नतिजा केहीबेरमा सार्वजनिक भएपछि नतिजा हेर्न सकिन्छ । धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक र धितोपत्र जारी गर्ने कम्पनी पियोर इनर्जीको वेबसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np वा मेरो सेयरबाट आईपीओको नतिजा हेर्न सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend