images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • महिला कर्मचारीले गर्भाधारणको अवस्थामा ‘विशेष बिदा’...

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा ‘विशेष बिदा’ पाउने

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा ‘विशेष बिदा’ पाउने

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । महिला कर्मचारीले अब गर्भधारणको अवस्थामा विशेष विदा पाउने भएका छन् । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ ।

    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था समितिमा रहेको संघीय निजामती सेवा विधेयकमा राखिएको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार गर्भाधारण गरेपछि महिलाले बिदा माग्दा पाउने प्रबन्ध गर्ने विषयमा सहमति जुटेको छ । उनका अनुसार यस्तो बिदा सुत्केरी भएपछि प्राप्त बिदामा कटौती हुने गरी दिन सकिने प्रावधान राखिनेछ । निजामती सेवा नियमावलीमा महिला निजामती कर्मचारी गर्भवती भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसूति बिदा लिन पाउने व्यवस्था छ ।

    सो व्यवस्था बमोजिम प्रसूति बिदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलवी प्रसूति बिदा लिन सक्छन् । तर यस बमोजिमको बिदा लगातार रुपमा लिनुपर्ने व्यवस्था छ । प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका निजामती कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई वटा बच्चाको लागि जनही एकमुष्ट पाँच हजार रुपैयाँ शिशुस्याहार भत्ता समेत दिने व्यवस्था छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend