images

२०८३ आश्विन २० गते

images
images
images

काठमाडौँ महानगरद्वारा ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार राजस्व संकलन

काठमाडौँ महानगरद्वारा ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार राजस्व संकलन

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौँ ।  २०८२ बैशाख ७ गतेसम्ममा काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।यस दिनसम्म गएको आर्थिक वर्षसम्म तुलना गर्दा घर बहाल करमा २५ करोड ५३ लाख २ हजार ४२ रुपैयाँ बढी संकलन भएको छ ।

    images
    images

    यस शीर्षकमा आर्थिक वर्ष २०८०र०८१ मा १ अर्ब ८६ करोड १२ लाख ८२ हजार २२९ रुपैयाँ संकलन भएको थियो । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार यस शीर्षकमा चालु आर्थिक वर्षको यस अवधिमा २ अर्ब ११ करोड ६५ लाख ८४ हजार २७२ रुपैयाँ राजस्व संकलन भएको छ ।

    यस्तै सम्पत्ति करमा १५ करोड २२ लाख ४३ हजार १४५ रुपैयाँ बढी राजस्व संकलन भएको छ । गएको आर्थिक वर्षको यस अवधिमा ७९ करोड ५२ लाख ८३ हजार ६६ रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख २६ हजार २१२ रुपैयाँ संकलन भएको छ ।

    images
    images

    न्यायिक दस्तुरमा ८४ हजार ८०५ रुपैयाँ, पर्यटन शुल्कमा १ करोड ६७ लाख ४० हजार ५ सय रुपैयाँ, भूमिकर/मालपोत करमा १ लाख ९० हजार ८७० रुपैयाँ, सिफारिस दस्तुरमा ७१ लाख २८ हजार २६८ रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र दस्तुरमा ३९ लाख ५६ हजार ८८३ रुपैयाँ बढी रकम जम्मा भएको छ ।

    राजस्व बढ्नुका कारण बारे जानकारी दिँदै अधिकारीले भने, ‘व्यवसाय कर टोली नियमित परिचालन गरेका छौँ । १ लाख रुपैयाँभन्दा कर तिर्दै आउनुभएका करदातालाई पत्र पठाएर कर तिर्न अनुरोध गरेका छौँ । आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर गएको वर्ष राजस्व कार्यालयमा घर बहाल कर तिरेका करदाताको विवरण महानगरपालिकाको विवरणमा समेटेका छौँ ।’

    सहरमा भवन निर्माण गर्ने स्थान सकिँदै गएपछि नक्सा पास दस्तुर घट्न थालेको अधिकारीको भनाइ छ । यो शीर्षकमा गएको वर्ष ४९ करोड ८२ लाख १० हजार ७१० रुपैयाँ संकलन भएकोमा यस वर्ष २९ करोड ६४ लाख ७४ हजार ५३६ रुपैयाँ संकलन भएको छ । यो गएको वर्षभन्दा २० करोड १७ लाख २६ हजार १७४ रुपैयाँ कम हो । अन्य प्रशासनिक सेवा शुल्कमा पनि यस वर्ष राजस्व घटेको छ । यस शीर्षकमा गएको वर्षभन्दा २ करोड ६३ लाख ९६ हजार २९९ रुपैयाँ कम राजस्व उठेको छ ।

    हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आयमा वृद्धि भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ६ लाख ३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको कार्यक्रमले यस वर्ष १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ संकलन गरेको छ । पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ संकलन भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ९ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend