images

२०८३ आश्विन २१ गते

images
images
images

सर्लाहीमा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

सर्लाहीमा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • सर्लाहीको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत् नगर अस्पतालमा सम्पर्क गरे । अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिए । अर्को दिन उनलाई  एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उनको निवास पुर्‍याइयो ।

    images
    images

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँगको समन्वयमा नगरपालिकाले यो सेवा शुरू गरेको हो ।नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर  सेवा शुरू गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend