images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को परीक्षाको संशोधित तालिका...

कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने

कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बुधबार कक्षा १२ को परिवर्तित तालिका प्रकाशन गर्ने भएको छ । परीक्षाको समयतालिका आज बोर्डको वेबसाइटमार्फत र त्यसपछि गोरखापत्र दैनिकमा समेत प्रकाशन गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा जानकारी दिएका हुन् ।

    images
    images

    बोर्डले यसअघि वैशाख ११ गतेदेखि २४ गतेसम्म माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) सञ्चालन हुने गरी परीक्षा समयतालिका सार्वजनिक गरेको थियो । तर, मंगलबार बोर्डले परीक्षाको समय परिवर्तन गर्दै वैशाख २१ गते बिहान ८ बजेदेखि सञ्चलन गर्ने बताएको थियो ।

    हाल सिर्जित विशेष परिस्थितिका कारण परीक्षार्थीले गरेको अनुरोध, अभिभावकको चिन्ता तथा परीक्षा केन्द्रको व्यवस्था र सञ्चालनमा आउन सक्ने प्राविधिक कठिनाइसमेतलाई दृष्टिगत गरी परीक्षा सारिएको बोर्डको भनाई छ । परीक्षाको मिति संशोधन गर्दा विद्यार्थी र अभिभावकमा पर्न गएको असुविधाप्रति बोर्डले क्षमा समेत मागेको छ । साथै बोर्डले परीक्षार्थीमा परीक्षाको तयारीलाई निरन्तरता दिन पनि अनुरोध गरेको छ । 

    images
    images

    ‘परीक्षालाई मर्यादित रूपले सम्पन्न गर्न प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, स्थानीय तहहरू, केन्द्राध्यक्षहरू, शिक्षक, सुरक्षा निकायलगायत सम्पूर्ण सरोकारवालामा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ,’ बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend