काठमाडौंः वैशाख ११ गतेदेखि सञ्चालनको तयारी भएको कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा वैशाख ११ गतेबाट सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि बोर्डको बैठकले निजामती कर्मचारी परिचालन गरेर भए पनि ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यद्यपि शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय विवादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल भएको उल्लेख गरेका थिए ।
आजै साँझ बोर्डका अध्यक्ष शर्मा सहितको टोली प्रधानमन्त्री केपी ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएको र सोही निर्देशन अनुसार बोर्डको बैठक बसेर परीक्षा सारेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । ।




.gif)





