images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को परीक्षा निर्धारित समयसीमा...

कक्षा १२ को परीक्षा निर्धारित समयसीमा भित्र हुने परीक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा निर्धारित समयसीमा भित्र हुने परीक्षा बोर्डको निर्णय

images
images
मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयसीमा भित्र नै गर्ने निर्णय गरेको छ ।  मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको छ ।

    images
    images

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। ‘अध्यक्ष (डा.महाश्रम शर्मा) ज्यूले बैठक बोलाउनु भएको छ,’ अर्यालले भने, ‘बैठकमा कक्षा १२ को परीक्षा सहित विभिन्न विषयमा छलफल होला।’

    उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए। ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उनले भने। 

    images
    images

    कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुनेरनहुने अन्योल छ। यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा  चिन्ता छ।

    आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षा सहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन्। शिक्षकका मागप्रति प्रधानममन्त्री अनुदार देखिएको बेला सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलनको गन्तव्य नै अनिश्चित बनेको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend