images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • वैदेशिक रोजगारमा रहेकालाई ट्रेड टावरको आईपीओ...

वैदेशिक रोजगारमा रहेकालाई ट्रेड टावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

वैदेशिक रोजगारमा रहेकालाई ट्रेड टावरको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई आज सोमबारदेखि ट्रेड टावरको आईपीओमा आवेदन खुलेको छ ।कम्पनीले ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगरमा रहेका नेपालीका लागि खुला गरेको हो । अंकित मूल्य १ सय रुपैयाँका दरले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

    images
    images

    वैशाख २२ गतेसम्म खुल्ने आवेदनमा न्यूनतम १० कित्ताका लागि दिनुपर्नेछ । कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । यो कम्पनी अन्य समूहमा सूचीकृत हुनेछ ।

    कस्तो छ कम्पनी ?

    images
    images

    गत पुस मसान्तसम्म कम्पनीको सञ्चित नाफा ५ करोड ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । त्यस्तै सो अवधिसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा तथा प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ३९ पैसा छ । डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.८२ वर्षको अनुमान छ ।इक्रा नेपालबाट कम्पनीले बीबी माइनर रेटिङ पाइको छ । यसले कम्पनी दायित्व वहनका लागि मध्यमस्तरमा रहेको जनाउँछ ।

    यस कम्पनीले हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । सुरुमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा सञ्चालन हुन थालेको हो ।काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ । नेपाल खाद्य संस्थानको जग्गा ३२ वर्षका लागि भाडामा लिएर कम्पनीले सो भवन निर्माण गरेको हो । सो भवनबाट उठ्ने भाडा कम्पनीको आम्दानी स्रोत हो । भवन सञ्चालनको १२ वर्ष बितिसकेको छ ।

    त्यस्तै भैंसेपाटीमा जनता आवास आयोजना सम्पन्न गरी बिक्री गरिसकेको छ । कम्पनीले गौशालामा क्रिस्टल होटल निर्माण गरी सञ्चालन गर्दै आएको छ । ९० वटा लक्जरियस रुम रहेको होटलबाट हुने कमाइ यस कम्पनीको आम्दानी स्रोत हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend