काठमाडौँः नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै ले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल कार्यक्रमका साथमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएका छन ।
नयाँ केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम अम्गाईं, उपाध्यक्षहरूमा सुर्य भण्डारी, साइ कुमार शर्मा, श्याम भण्डारी, महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा, सह–सचिवमा राज कुमार गिरि चयन भएका छन । यसैगरी कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन ।
यसैगरी सदस्यहरूमा उद्दव श्रेष्ठ, फनिन्द्र पन्त, लक्ष्मण सापकोटा, राम शेन, बरुण सिंह ,लाल बहादुर कौशल, वासुदेव भुसाल, रेशम बहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्ण हरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमर दीप कार्की, दीपक भुसाल, विनोद सोनी, बिमल कार्की, टेक खनाल, गोविन्द राई, राम कुमार जोशी, प्रकाश बुढाथोकी, वेद प्रसाद अधिकारी चयन भएका छन् । यसैगरी सोसाइटीको प्रवक्तामा युवराज तामाङ चयन भएका छन् ।

शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नयाँ केन्द्रीय कार्यसमितिका अध्यक्ष अरुण अधिकारी सहित सम्पुर्ण पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । मन्त्री पाण्डेले बिश्वभर नेपाली स्वाद चखाउन र नेपाली स्वादकै कारण पर्यटक भित्र्याउन सकिने जनाउदै विश्वबाट आएका सेफहरुलाई पर्यटन दुतका रुपमा काम गरेर पर्यटक भित्र्याउन सहयोग गर्न आग्रह गरेका छन् । मन्त्री पाण्डेले सेफहरुको सम्मेलन सफल भएकोमा आयोजकलाई धन्यवाद एवम् ब्यक्त गरेका छन् ।




.gif)





