images

२०८३ आश्विन १९ गते

images
images
images

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं। बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । यही तयारीलाई थप बल दिँदै निर्माण पक्षले आइतबार चलचित्रका दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख ६ कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।

    images
    images

    दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ, जसमा मुख्य ६ कलाकारहरूसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूलाई पनि देखाइएको छ । दुवै पोस्टरहरू रोयल भीमसेनले डिजाइन गरेका हुन् ।

    चलचित्रका निर्देशक दिनेश राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मङ्गलवार चलचित्रको टिजर सार्वजनिक गरिने जानकारी दिएका छन् । निर्देशक राउतका अनुसार महाभोज मनोरञ्जनको प्याकेजसँगै दर्शकलाई सोच्न बाध्य बनाउने कथा समेत हो । उनले भने, “समाजमा भइरहेका घटनाक्रम र त्यसले जनताको जीवनमा पार्ने असरलाई यस चलचित्रमा उजागर गर्ने प्रयास गरेको छु ।”

    images
    images

    ‘महाभोज’ सामाजिक यथार्थमा आधारित चलचित्र हो जसमा नेपाली समाजको वर्ग सङ्घर्षलाई प्रस्तुत गरिएको छ, जसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, आर्यनका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ ।‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो भने चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार चलचित्र नेपालसँगै नेपालीहरू बसोबास गर्ने प्रायः सबै मुलुकमा एकसाथ प्रदर्शनमा ल्याइनेछ ।

    सामाजिक यथार्थमा आधारित, बलियो स्टार कास्ट, सशक्त निर्देशन र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने ‘महाभोज’ दर्शकमाझ गहिरो प्रभाव छोड्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend