images

२०८३ आश्विन १६ गते

images
images
images

तेस्रो त्रैमासमा एनएमबि बैंकले कमायो २ अर्ब ३७ करोड खुद नाफा

तेस्रो त्रैमासमा एनएमबि बैंकले कमायो २ अर्ब ३७ करोड खुद नाफा

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले नाफा कमाएको छ । बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको हो ।गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशत र सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

    यता, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ४.४७ प्रतिशत पुगेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।

    images
    images

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend