images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • दुई वाणिज्य बैंकको करिब ४ लाख...

दुई वाणिज्य बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा

दुई वाणिज्य बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा

images
images
शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • काठमाडौं। दुई वाणिज्य बैंकको करिब ४ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको कुल ३ लाख ६१ हजार ८६० कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको १ लाख ९२ हजार ६४१ कित्ता र नेपाल इन्भेस्टमेन्ट बैंकको १ लाख ६९ हजार २१९ कित्ता रहेको छ । 

    images
    images

    दुबै बैंकको सेयरमा हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।कुमारी बैंकका लागि संस्थापक सेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संस्थापक सेयरधनीहरुले काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend