images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • पत्रकार महासंघले आन्दोलनरत शिक्षकलाई खुवायो...

पत्रकार महासंघले आन्दोलनरत शिक्षकलाई खुवायो फ्रुटी

पत्रकार महासंघले आन्दोलनरत शिक्षकलाई खुवायो फ्रुटी

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • हुम्ला । सत्र दिनदेखि आन्दोलनरत हुम्लाका सामुदायिक विद्यालयका शिक्षकलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले फ्रुटी खुवाएको छ। गर्मीमा शिक्षक आन्दोलनरत रहेको भन्दै महासंघ हुम्ला शाखाले जुसको रुपमा फ्रुटी खुवाएको हो।शुक्रबार सदरमुकाम सिमकोटमा आन्दोलन गरिरहेका एक सय जना शिक्षकलाई गर्मीमा शीतल पार्न र आर्फे सहयोग रहेको जनाउन जुसका रुपमा फ्रुटी खुवाएको महासंघ हुम्ला शाखाका सचिव एवं प्रबक्ता नन्द सिंहले जानकारी दिए।

    images
    images

    उनले अन्य कुराभन्दा पनि शिक्षकका जायज माग सरकारले चाँडै समाधान गर्न र शिक्षक महासंघको आन्दोलनमा पत्रकार महासंघ हुम्ला शाखाको समर्थन रहेको छ भन्नका लागि पनि यो सहयोग गरिएको उनले बताए।एउटा पु्रmटी खुवाउने कार्य ठूलो नभएको तर शिक्षकका जायज माग चाँडै पूरा होस् भनेर सरकारलाई दवाव दिन यस्तो गरिएको उनले बताए। महासंघको टिमले शिक्षक महासंघमा आबद्ध तीन वटै शिक्षक संघ संगठनका प्रतिनिधि र आन्दोलन समन्वय समितिका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग गरिएको हो।यसअघि लोकतन्त्र चोकबाट शिक्षकले नारासहितको र् याली निकालेर सिमकोट बजार परिक्रमा गरेका थिए। चैत २० गतेबाट जिल्लामा पनि हुम्ला शिक्षक आन्दोलनरत रहँदै आएका छन्। आज आन्दोलन सुरु भएको सत्रौ दिन भएको छ।

    यसले गर्दा जिल्लामा पठनपाठन ठप्प छ। देशभरका शिक्षक काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको अवस्थामा हुम्लाका शिक्षकले यातायात असुविधा र खर्चिलो भन्दै आफ्ना प्रतिनिधि काठमाडौं पठाएको र बाँकीले जिल्लामै आन्दोलन गरिरहेका छन्। शिक्षकहरुको आन्दोलनलाई राजनीति दलहरुबाट पनि जिल्लास्तरमा समर्थन आउने क्रम जारी छ।जसअनुसार बिहीबार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डा. दिपेन्द्र रोकाया र शुक्रबार नेपाली कांग्रेसका का.वा. सभापति कैलाश भण्डारी शिक्षक धर्ना दिइरहेको स्थानमा पुगेर समर्थन जनाएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend