काठमाडौं । दुई वाणिज्य बैंकको ३ लाख ६१ हजार ८६० कित्ता शेयर बिक्रीमा राखिएको छ।नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र कुमारी बैंकको संस्थापक समूहको कुल ३ लाख ६१ हजार ८६० कित्ता शेयर बिक्रीमा राखिएको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको १ लाख ६९ हजार २१९ कित्ता र कुमारी बैंकको १ लाख ९२ हजार ६४१ कित्ता शेयर बिक्रीमा राखेको छ।
दुई बैंकको शेयरमा बैंकको विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने छन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा आवेदन दिनु पर्ने छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक शेयरधनीहरुले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ।
दुई बैंकको शेयरधनीहरुले तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।




.gif)





