images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • इप्पानले ऊर्जालाई समृद्धिको आधार बनाउन...

इप्पानले ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई गर्यो आग्रह

इप्पानले ऊर्जालाई समृद्धिको आधार बनाउन प्रधानमन्त्रीलाई गर्यो आग्रह

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौं।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले समृद्धिको आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ । 

    images
    images

    प्रधानमन्त्री निवास, बालुवाटारमा इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको प्रमण्डलले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेटेर संसद्मा विचाराधीन विद्युत् विधेयक, २०८० लाई निजी क्षेत्रका सवालहरू समेटेर पारित गराउन माग गरेको हो ।

    प्रस्तावित विधेयकमा भएको प्रतिस्पर्धाको प्रावधानले निजी क्षेत्रको ढोका बन्द गरी उनीहरूसँग रहेका करिब ३० हजार मेगावाट क्षमताका आयोजनाहरू स्वतः खारेज हुने र ती आयोजना विदेशीको हातमा जाने गुनासो गरेका हुन् ।

    images
    images

    सो संस्थाले पाइपलाइनमा रहेका १३ हजार मेगावाट क्षमताका आयोजनाहरुको छिटो विद्युत व्यापार सम्झौता (पिपिए) खुला गराउन पनि माग गरेको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend