images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • अविरल वर्षापछि आएको बाढीले हुम्लाको श्रीनगर...

अविरल वर्षापछि आएको बाढीले हुम्लाको श्रीनगर बजारमा ठूलो क्षति

अविरल वर्षापछि आएको बाढीले हुम्लाको श्रीनगर बजारमा ठूलो क्षति

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • हुम्ला । अविरल वर्षापछि आएको बाढीले हुम्लाको श्रीनगर बजारमा ठूलो क्षति पुर्‍याएको छ । बिहीबार बिहानदेखि परेको वर्षाका कारण आएको बाढीले अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा ठूलो क्षति पुर्‍याएको हो ।

    images
    images

    यद्यपि, क्षतिको विवरण भने आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार अहिले घटनास्थलमा स्थानीय र प्रहरीको सहायताले उद्दार तथा क्षतिको एकीन विवरण संकलन भइरहेको छ ।

    उनका अनुसार अदानचुली गाउँपालिका- ३ का आइते बुढाको बाख्राको गोठ भत्किँदा २६ बाख्रा मरेका छन् भने ११ घर र एक पसलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend