images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख...

कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना

कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।  काठमाडौँ १६ स्थित उक्त उद्योगले एमआरपी सहितको लेबल नलगाएको पाइएपछि जरिवानासहित बिक्री वितरणमा रोक लगाएको विभागले जनाएको छ । साथै बुधवार अनुगमनमा गएको टोलीले नागार्जुनको नेपाल जुत्ता फ्याक्ट्रीलाई सामान्य निर्देशन दिएको छ भने अन्य दुई वटा फार्मेसीको बिक्री वितरण रोक्का गरेको छ ।

    images
    images

    काठमाडौँ ३१ स्थित सिउटिक्स फर्मा र क्यटिज फार्मेसी प्रालिले बिक्रीका लागि राखेका कस्मेटिकजन्य वस्तुहरूको नमुना सङ्कलन र सो वस्तुहरूको बिक्री वितरण रोक्का गरिएको छ । साथै दुवै फार्मेसी पसललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिन भित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । साथै विभागले काठमाडौँ १७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाडौँ २२ स्थित जनता केवल इन्डष्ट्रिज प्रालिको रोक्का रहेको कारोबार फुकुवा गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend