images

२०८३ आश्विन १६ गते

images
images
images

नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन

नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • झापाः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१।८२ को नौ महिनामा दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    उक्त रकम गत आव २०८०।८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशतले बढी हो ।

    कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०।८१ को (साउन–चैत) महिनामा दुई अर्ब १७ करोड १९ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी एवं कर अधिकृत डोरराज सुनुवारले जानकारी दिएका छन् ।

    images
    images

    चालु आव २०८१।८२ मा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।

    गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको नौ महिनाको लक्ष्यको ८१.४५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कर अधिकृत सुनुवारले बताएका छन । कार्यालयले नौ महिनामा आयकरबाट एक अर्ब सात करोड ९४ लाख ९४ हजार, ब्याजबापत सात करोड १९ लाख ९४ हजार, मूल्य अभिवृद्धि करबापत ७६ करोड ७१ लाख नौ हजार र अन्तःशुल्कबापत ३९ करोड ९७ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    यसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिएका छन ।

    ‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ’, उनले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend