images

२०८३ आश्विन १९ गते

images
images
images

बिकास राज जोशीको सिनेमा ‘सिटामोल’को प्रदर्शन

बिकास राज जोशीको सिनेमा ‘सिटामोल’को प्रदर्शन

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौंः बिकास राज जोशीको निर्माणमा अभिनेता सौगात मल्ल र बेनिशा हमालको अभिनय रहेको सिनेमा ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ। बैशाख १ गते नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी साउन २३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ।

    images
    images

    राजबहादुर सानेको निर्देशित सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ। सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन्, भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिएकी छन् । सिनेमामा उनीहरु श्रीमान्–श्रीमतीको भूमिका देखिएको अनुमान सार्वजनिक पोस्टरबाट उल्लेख छ।

    माओवादी जनयुद्धको कथा सिनेमाले उठान पनि गरेको छ। सौगातले सिनेमामा जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्। सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको उल्लेख छ।

    images
    images

    तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका छन्। सिनेमामा विकाससँगै भुगोल कुमार कार्की पनि निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माताको रूपमा रहेका छन्।

    बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend