images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • नेपाल प्रहरी निरीक्षक पदमा ६१ जनाको...

नेपाल प्रहरी निरीक्षक पदमा ६१ जनाको बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरी निरीक्षक पदमा ६१ जनाको बढुवा सिफारिस (सूचीसहित)

images
images
सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • काठमाडौँः नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक पदमा ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षकहरूलाई बढुवाका लागि सिफारिस गरिएको छ।

    images
    images

    गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा बसेको बढुवा समितिको चैत ३१ गतेको बैठकको निर्णय अनुसार उक्त सिफारिस सूची सार्वजनिक गरिएको हो।

    प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार उक्त सूची प्रकाशित गरिएको जनाइएको छ। नियमअनुसार तोकिएको प्रक्रियाबाट योग्य ठहरिएका प्रहरी अधिकृतहरूलाई सोही समूहतर्फको प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको हो।

    images
    images

    कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘जनपद प्रहरी समूह अन्तर्गत प्रहरी निरीक्षक पदमा बढुवा गर्न चैत ३१ गते बसेको बढुवा समितिको निर्णय अनुसार सिफारिस सूची प्रकाशित गरिएको छ।’

    सिफारिस सूची नेपाल प्रहरी प्रधान कार्यालयको सूचना पाटी र वेबसाइट मार्फत सार्वजनिक गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend